भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भारतले गर्याे नेपालगंज नाका सील

भारतले गर्याे नेपालगंज नाका सील

नेपालगञ्ज । भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका एक्कासी बन्द गरेकाे छ । नाका बन्द भएपछि त्यहाँ पुगेका नेपालीहरु अलपत्र परेका छन् । भारत तिर जान थालेका नेपाली नाकामा रोकिएपछि तनाव भएकाे छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र अाफ्नाे तीर पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारत विरुद्ध दैनिक प्रदर्शन भइ रहेकाले नाका बन्द गरिएको अाशंका नेपालीले गरेका छन् ।

तर त्यसाे नभएर भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले नाका सील गरिएकाे भारतीय अधिकारीले बताएका छन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको बताईएको छ ।

‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको भारतीय प्रहरीले जनाएको छ। बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहान मात्रै नाका सील गरेको जानकारी दिएको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.