भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्पिट गर्नेलाइ कारबाही हुदै

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्पिट गर्नेलाइ कारबाही हुदै

१८ सामाजिक संजालमा निकै भाइरल भएको मलेसियामा नेपाली कामदारमाथि कुटपिट गर्ने मानिस पनि नेपाली नै भएको थाहा भएको छ । भिडियोमा कम्पनीमा सिनियर देखिने व्यक्तिले नेपाली सुरक्षागार्डलाई पशुजस्तै निर्घात कुटपिट गरिरहेका छन् ।

अपार्टमेन्टको पार्किङमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली गर्दै कुटिरहेका छन् भने नेपाली श्रमिक चुपचाप पिटाइ खाइरहेका छन् । भिडियो खिचिरहेका व्यक्तिले भैगो छोडिदेऊ भनिरहेका छन् । सो भिडियो भाइरल भइसकेपछि मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गरेर व्यक्तिको बारेमा खोजीनीति गरेको थियो ।

उक्त भिडियोमाथि कमेन्ट गर्दै कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । अन्तत नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पत्ता लागेको छ । नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाइजरले नै निर्घात रूपमा कुटपिट गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । पीडित नेपाली श्रमिक नेपाली दूतावासमा आश्रय लिइरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

पीडक नेपाली श्रमिक गैरकानुनी रूपमा मलेसियामा बस्दै आएको, पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पीडक श्रमिकलाई पनि सम्पर्क गरिसकेको जनाएको छ । कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केस दर्ता गर्ने जनाएको छ । आइतबार सार्वजनिक बिदा हुने भएकाले दूतावासले सोमबार मात्रै केस दर्ता गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.