भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

महँगियो डिजेल र मट्टितेलको मूल्य

महँगियो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आजबाट लागू हुनेगरी मूल्यवृद्धि भएपछि डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले नयाँ मूल्य पाउनासाथ मूल्य बढाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाई इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।
त्यसपछि निगम सञ्चालक समितिको बैठक बसी मूल्य बढाउने निर्णय भएको हो ।

दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाडादर बढ्ने आकलन छ ।

 


Thali Mobile Pvt.Ltd.