भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

महोत्तरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

महोत्तरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

काठमाडौं । महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । सामान्य विवादमा गोली चल्दा एकजना घाइते भएका हुन । घाइते हुनेमा श्रवण यादव रहेका छन् । रामगोपालपुर नगरपालिमा स्थानीय कौशल मण्डल र श्रवण यादवबीच भनाभनका क्रममा मण्डलले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते यादवलाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा राखिएको छ । गोली प्रहार गर्ने मण्डललाई प्रहरीले उनले प्रयोग गरेको पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यादवको कन्चट र दाहिने कुममा गोली लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.