भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव

मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव

कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताउनुभएको हो । “हामीसँग छ जना उपसचिवको दरबन्दीमा एक जना उपसचिव मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अधिकृतलगायतका अन्य कर्मचारीको पनि त्यस्तै अभाव छ, जसका कारण धेरै काम रोकिएका छन् ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएका कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोकसेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अगाडि बढाउने तयारीमा सरकार लागेको मल्लले जनाउनुभयो । सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उहाँले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजाने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.