भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

मेक्सिकोले अमेरिकालाई लगायो मुद्दा

मेक्सिकोले अमेरिकालाई लगायो मुद्दा

मेक्सिको । अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध मेक्सिकोले १० अर्ब डलरको मुद्दा हालेको छ । लापरवाही ढंगले व्यापारिक फाइदाका लागि अमेरिकाले रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको मुद्दा हालेको हो । अमेरिकी हतियार निर्माता कम्पनीहरुले मेक्सिकोका लागुऔषध तस्कर तथा अन्य आपराधिक समूहलाई तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप मेक्सिकोको छ ।अमेरिकाका स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्स लगायतका कम्पनीविरुद्ध मासाचुसेट्स राज्यको अदालतमा मुद्दा दायर गरिएको हो ।

मेक्सीकोमा हुने हतियार तस्करीको ७० प्रतिशत अमेरिकाबाट हुने गरेको दाबी पनि गरिएको छ । आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि ती कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको मुद्दामा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.