भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मेसिनले धान काट्दै मकवानपुरका किसान

मेसिनले धान काट्दै मकवानपुरका किसान

मकवानपुर । परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउनुहुन्छ ।

अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरण प्रवद्र्धन गर्न धान काट्ने उपकरण वितरण गरिएको उहाँले बताउनुभयो । यसै वर्ष कृषिका लागि बहुउपयोगी ठूला ट्र्याक्टर वितरण गरिने उहाँले जानकारी दिनुभयो । कृषि उपकरण वितरणमा सहकारीसँग साझेदारी गरिएको भए पनि अबका दिनमा किसान र सहकारीले ५० प्रतिशत लगानी व्योहोर्नुपर्ने र बाँकी ५० प्रतिशत गाउँपालिकाले व्योहोर्ने गरी योजना बनाइने उहाँको भनाइ छ ।

यसैबीच एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागार्इँले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै धान काटेर मेसिनको उद्घाटन गर्नुभयो । अध्यक्ष हुमागाईँले श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३ का प्रबन्धक गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपिएम० कृषक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–६ का उपाध्यक्ष बद्रीप्रसाद दाहाललाई उपकरण हस्तान्तरण गर्नुभएको हो । एक घण्टामा १० कठ्ठाभन्दा बढी क्षेत्रको धान काट्न मिल्ने उपकरणको प्रयोग सामान्य तालिमप्राप्त जोकेहीले पनि गर्न सक्ने मकवानपुरगढी गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद दाहालले बताउनुभयो ।रासस

 


Thali Mobile Pvt.Ltd.