भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मौरी पालक किसानलाई चरनकै चिन्ता

मौरी पालक किसानलाई चरनकै चिन्ता

चितवन । मौरी चराउन नपाएर मह उत्पादन घटेका बेला हाल जारी बन्दाबन्दीका कारण मौरी पालक किसान चिन्तामा परेका छन् ।  असोजदेखि फेरि सिजन शुरू हुने वेलामा चितवनका मौरी पालक किसानलाई मौरी कहाँ चराउन लैजाने हो भन्ने चिन्ताले सताएको हो । बन्दाबन्दीका कारण मौरीको घार ढुवानीमा सहज नहुँदा र ती जिल्लाहरूमा अवरोध जारी भएका कारण उत्पादनमा थप ह्रास आउने किसानहरुको अनुमान रहेको छ ।

गत वर्ष चराउन लगिएको मौरी बाटोबाटै फर्काइएका कारण मौरी मरेको किसानलहरूले तीतो अनुभव रहेको छ । चितवनमा चरनका लागि प्रशस्त ठाउँ नभएको र चिउरीको बोट लगाउनका लागि तीन ओटै तहका सरकारले चासो नदेखाएकाले मौरी चराउन अन्य जिल्ला लैजानुपर्ने यहाका किसानको बाध्यता छ ।  केही दशकअघि मात्र तोरीको राजधानी भएको जिल्लाको रूपमा चिनिएको चितवनमा अहिले तोरीखेती गर्ने जमीन र किसानको संख्या समेत घटेको कारण मौरीलाई चराउन पर्याप्त ठाउँ नभएको हो ।

हाल अघिल्लो वर्ष (०७५र७६) मा देशभर २ हजार ५०० मेट्रिक टन भन्दा बढी मह उत्पादन भएको थियो । गत वर्ष (०७६ र ७७) मा घटेर १ हजार ५०० मेट्रिक टन मात्रै मह उत्पादन भएको संघको तथ्यांक छ । त्यसमध्ये गत वर्ष चितवनमा मात्रै ४०० मेट्रिक टन उत्पादन भएको थियो ।

यो वर्ष मह उत्पादन घटेर १ हजार मेट्रिक टन भन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । देशभर मौरीपालक किसानको संख्या ६ हजार ५०० छन् भने चितवनमा मात्रै ५०० को हाराहारीमा छन् ।

 


Thali Mobile Pvt.Ltd.