भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

याे हप्ता ३६ जना कोरोना संक्रमित उपत्यका भित्रिए, छोरीको घरमा आएका मेयरको रिपोर्ट पनि पोजिटिभ

याे हप्ता ३६ जना कोरोना संक्रमित उपत्यका भित्रिए, छोरीको घरमा आएका मेयरको रिपोर्ट पनि पोजिटिभ

१६ श्रावण २०७७ काठमाडौँ । कोरोना संक्रमितहरु सहजै उपत्यका भित्रिन थालेका छन । नगर विकास कोषको बैठकमा सहभागी हुन सोमबार काठमाडौं आएका विरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कार्यक्रममा सहभागि भए । बैठकमा बुटवल, पोखरा, वीरगन्ज, दमक, कैलाली, धुलिखेललगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

कार्यक्रमै स्वास्थ्य अवस्था असामान्य भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा चेक गराउदा चिकित्सकले ज्वरो कम गराउन एन्टिबायोटिक दिएर आराम गर्न पठायो  । औषधि खाए ज्वरो निको भयो । ललितपुरस्थित छोरीको अपार्टमेन्टमा आराम गरेर बसिरहेको उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । आराम गरिरहेकै बेला ईडीसीडीका कर्मचारीले बिहीबार उनलाई फोन गरे । अहिले तपाईको स्वास्थ्य अवस्था कस्तो छ ? तपाईको स्थायी ठेगाना र काठमाडौं आएको कति दिन भयो ? भेटघाट कहाँ कहाँ गर्नु भयो ? डिटेल जानकारी फोनबाटै लिए ।

फोनमा जानकारी लिएपछि रिर्पोटसंग मेला खायो र ती कर्मचारीले ‘अब तपाई काठमाडौं बाहिर नजानु होला’ भनेपछि उनी अलमलिए ।मेयर सरावगीलाई कोरोना संक्रमण भएको रहेछ । उनले आफूलाई संक्रमण देखिएको बिहीबारै सार्वजनिक गरे र अहिले उपचारार्थ रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै वीरगन्जबाट गाडी रिजर्भ गरेर पेन्सन बनाउन आएका शिक्षक शनिबार काठमाडौं आए । नागढुंगा नाकामा स्वाब संकलन गरियो । पेन्सनपट्टा बनाउन उनीसहित तीन जना आएका थिए ।

कुलेश्वरस्थित आफन्तकहाँ बसेर  छाउनीमा पेन्सनपट्टा बनाए । मंगलबारसम्ममा सबैकाम सकाए फर्किनै लाग्दा तीनै जनाको रिपोछ पोजेटिभ आएको जानकारी पाए र उपचारका लागि अस्पता जान तयारी गर्नु भनेपछि उनीहरु रोकीए ।
भारत सीतामढीबाट काठमाडौं आएकी २४ वर्षीया युवतीलाई पनि कोरोना देखियो । उनी लकडाउन खुकुलो भएसँगै काठमाडौं आएकी थिइन् । भाइलाई ज्वरो र खोकी हुनुका साथै जीउ र घाँटी दुख्ने समस्या देखिएपछि परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो ।

ट्रेसिङमा परिवारका थप तीन जनाको पनि पोजिटिभ देखियो । त्यस्तै वीरगन्जबाट एक महिला उपचारका लागि ललितपुर ताल्सिखेल आएकी उनको रिर्पोट पनि रिपोर्ट पोजिटिभ आयो । छोराको पीसीआर गर्दा उनलाई पनि पोजिटिभ देखियो । ट्रेसिङमा परिवारका ५ वर्षीय बालक, १० वर्षीया बालिका, ३९ वर्षीया महिला र २ वर्षीय बालकलाई पनि कोरोना देखियो । यसरी उपत्यकाबाहिरबाट आएका एक जनाले गर्दा परिवारका अरू सदस्यलाई पनि सरिरहेको देखिएको छ ।

‘लकडाउन खुलेपछि बाहिरबाट काठमाडौं उपत्यका आउने कतिपय व्यक्तिमा कोरोना देखिएको र ट्रेसिङ गर्दा उनीहरूको सम्पर्कमा आएका अरूमा पनि संक्रमण फेला परेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताएका छन् । कार्यालयको काम, व्यापार, बैठक, भेटघाट भन्दै बाहिरबाट हुरहुर्ती उपत्यका छिर्नेहरू बढेको र तीनीहरुमध्य धेरैमा कोरोना संक्रमण देखिएको उनको भनाई छ । उपत्यका प्रवेश गर्ने मध्य सैलुनमा काम गर्ने व्यक्ति, ड्राभइर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना देखिएको बताएका छन् । वीरगन्जबाट आएकाहरुमा बढी कोरोना पोजेटिभ देखिएको छ ।

त्यसपछि विराटनगर, बारा, सप्तरी, सर्लाही, महोत्तरीका रहेका छन् । संक्रमित प्रहरीमध्ये एक जना १४ दिनअघि विराटनगरबाट आएका थिए । अहिले प्रहरी प्रधान कार्यालयमा ४० भन्दा बढी संक्रमित छन् । नाकामा लिएको रिपोर्ट आउन थालेसँगै उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा साउन ९ देखि १४ सम्म १ सय २८ जना संक्रमित देखिएका ईडीसीडीले जनाएको छ । यो बीचमा उपत्यका प्रवेश गरेका ३६ जनामा कोरोना देखिएको हो । ती ३६ संक्रमितमध्ये ११ जना भारतबाट आएका हुन्  भने बाँकी उपत्यकाबाहिरबाट आएका व्यक्ति रहेको ईडीसीडीले जनाएको छ ।

पछिल्लो समय घरबेटीको दबाब र काममा आउनेलाई कार्यालयले पीसीआर गर्न पठाउने गरेकाले कोरोना पोजिटिभहरू पत्ता लाग्न थालेको हो । पोजिटिभ देखिएका प्रायःले आफ्नै खर्चमा पीसीआर गरेका छन् । यता सरकारले काठमाडौं उपत्यकामा प्रवेश गर्ने नागढुंगा, साँगा र फर्पिङ नाकामा पनि स्वाब संकलन सुरु गरेको छ ।

३ हजार ४ सय ७३ जनाको नमुना परीक्षण हुँदा २४ जनामा पोजिटिभ देखिएको छ  । साँगा नाका हुँदै आएका ४ सय ३० जना मध्य ११ जनामा कोरोना पोजिटिभ देखिएको छ । फर्पिङ हुँदै आउने ७ सय ४१ जनामा १० जनामा कोरोना पोजेटिभ र नागढुंगा हुँदै आउने २ हजार ३ सय २ जनामा ३ जनामा कोरोना देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.