काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा जनतालाई सेवा दिन राजनीति हुनुपर्ने र राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए ।
ठीक व्यक्तिको हातमा राजनीति र नेतृत्व गएन भने देश समस्यामा पर्न सक्छ । सभापति बानियाँले कांग्रेसले देशको विकास र जनताको सेवाका लागि एमसीसी पास गरेको बताए ।
उनले एमसीसीको विरोध हुँदाहुँदै पनि कांग्रेसले देश विकासका लागि स्वीकार गरेको बताए । सभापति बानियाँले भने, ‘राजनीतिमा व्यापार हुँदैन । व्यापारमा नाफा नोक्सान हुन्छ ।
राजनीतिमा नाफा हुँदैन । पैसा खर्च गरेर ठूला अस्पतालमा जान नसक्नेलाई आफ्नै ठाउँमा उपचार दिएर स्वास्थ्य सेवा दिने कार्य निकै राम्रो भएको उनले बताए ।
कार्यक्रममा धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी, कांग्रेस नेता मधुकरमा श्रेष्ठ, वरिष्ठ अभिनेता नीरबिक्रम शाह, अभिनेता रविन्द्र खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
