भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यात्रुलाई खुशी

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यात्रुलाई खुशी

बैतडी । बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । लगतारको वर्षाले अवरुद्ध बनेको राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग खुलेको हो ।

राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरू सडक खुलेसँगै गन्तव्यतर्फ लाग्न थालेको बैतडी प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपनि पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्षा याम भएकाले सबैलाई सजग भएर यात्रा गर्न पनि आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.