भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

राष्ट्रपति पदका लागि अर्जेन्टिनामा १७ बढी आकंक्षी

राष्ट्रपति पदका लागि अर्जेन्टिनामा १७ बढी आकंक्षी

एजेन्सी । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले प्राथमिक निर्वाचनमा भाग लिएका छन । अर्जेन्टिनामा आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतवार प्राथमिक निर्वाचन गरिएको हो ।

देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो ।
मतदाताहरुले २०२३–२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरु र उनीहरुको दौडमा रहेका प्रतिष्पर्धीहरुबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् ।

करिव ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरुलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ ।

 


Thali Mobile Pvt.Ltd.