भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

डुम्रे (तनहुँ),चैत २१ गते । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो ।

जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पु¥याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताउनुभयो । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो ।

अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे बनाइएको उहाँले बताउनुभयो । “अनादीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्”, सञ्चालक अधिकारीले भन्नुभयो, “रैथाने धान संरक्षण, प्रवद्र्धन तथा ब्राण्डिङ गरी आयसँग जोड्न अनादीको खट्टे बजारमा ल्याएका हौँ ।”

भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।”

नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजार पु¥याउने गरिएको कृषि शाखाले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.