भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

वासिङ्टनमा सङ्कटकाल

वासिङ्टनमा सङ्कटकाल

अमेरिका । वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाएका छन् । विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।

कोरोनाभाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.