भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विमानस्थल सञ्चालन

विमानस्थल सञ्चालन

ताप्लेजुङ । सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएसँगै विमानस्थल सञ्चालनमा आएको हो । मौसममा परिवर्तन हुुँदा भारी हिमपात भएका कारण यो विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन । निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ पुगेको र ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको जनाइएको छ ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जाएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले यो विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.