भर्खरै : Sorry, your browser does not support inline SVG.
हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात |

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।  उपचारकै क्रममा वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया एक महिलाका ज्यान गएको हो । महिलाको ज्यान गएसगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

शुक्रबार दिउँसो २ बजे श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको जनाइएको छ ।

वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् । उपचारको क्रममा शुक्रबार साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

वीरगञ्जमा मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.