भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।  उपचारकै क्रममा वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया एक महिलाका ज्यान गएको हो । महिलाको ज्यान गएसगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

शुक्रबार दिउँसो २ बजे श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको जनाइएको छ ।

वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् । उपचारको क्रममा शुक्रबार साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

वीरगञ्जमा मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.