भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

शान्ति पार्कमा युनेस्को सङ्ग्रहालय ग्राम बन्ने

शान्ति पार्कमा युनेस्को सङ्ग्रहालय ग्राम बन्ने

काठमाडौं । राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माण स्थलमा युनेस्को सङ्ग्रहालय ग्राम यज्ञडोल बन्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग र शहीद स्मारकको संयुक्त प्रयासमा ग्राम निर्माण गर्न लागिएको हो ।

शहीद स्मारक निर्माणस्थलको ६५० रोपनी जग्गामा ग्रामसहित युनेस्को सङ्ग्रहालय बनाइनेछ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा युनेस्को ग्राम निर्माण गर्नु महत्वपूर्ण काम हुने बताए ।

शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा ग्रामले अनुसन्धानका लागि काम गर्ने जानकारी दिए । परियोजना कार्यालयका माध्यमबाट नागरिकलाई सीप सिकाएर स्वरोजगार नागरिक उत्पादन गर्ने लक्ष्यसमेत कार्यालयले राखेको मन्त्री पोखरेलको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.