भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

शिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा छ जनाको मृत्यु, छत्तीस जनाभन्दा बढी घाइते

शिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा छ जनाको मृत्यु, छत्तीस जनाभन्दा बढी घाइते

हाइल्याण्ड पार्क, । देशभक्तिको प्रदर्शन आज यहाँ विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले शहीद बनायो । शिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६ जनाभन्दा बढी घाइते भएका छन् । विद्यालय, गिर्जाघर, किराना पसलमा सीमित रहेको बन्दुक हिंसा अब सामुहिक प्रदर्शन र राष्ट्रिय उत्सवमा सरेको छ ।

बन्दुक कानुन परिवर्तन नभएसम्म यस्ता घटाना भइरहने एकजना प्रत्यक्षदर्शीले बताएका छन् । स्वतन्त्रता दिवस परेडमा गोली चलेपछि केही बालबालिका ठहरै भएका, रगत चुहाउँदै केही भागेका, केही आधा खाइएका आलुचिप्सका प्याकेटसँगै घाँसमा चीर निन्द्रामा सुतेका, केहीका हातमा चकलेट र कुकीज ताजे रहेको हृदयविदारक दृश्यको वर्णन गर्न नसकिने उनले बताए । बाइस वर्षीय रोर्बट इ क्रिमोले चलाएको गोली लागेर पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्ततः अभियुक्त रोबर्टलाई हिरासतमा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.