भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

श्रीमानकाे हत्या, श्रीमतीको अवस्था गम्भीर

श्रीमानकाे हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर (रासस) । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताउनुभयो । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुुभयो ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.