भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने

‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ती जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताउनुभएको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारको नगदको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका अध्यक्ष पराजुलीको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधी रहने महासङ्घ एशोसिएटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.