भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

‘सबै पर्व राष्ट्रिय पर्व’

‘सबै पर्व राष्ट्रिय पर्व’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताउनुभएको छ । “भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व हुन्”, प्रमुखको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रा पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।”

 


Thali Mobile Pvt.Ltd.