भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

समाजवादीपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय जसपाले पनि गर्‍यो

समाजवादीपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय जसपाले पनि गर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको जसपाको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । अध्यक्ष यादव पक्षले गरेको निर्णयबारे भने सो पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराइ पक्ष बेखबर रहेको जनाइएको छ । यस अधि नेकपा एकीकृत समाजवादीले आफ्ना चार जना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.