सलह किराको फेरी नेपाल चक्कर, किसानलाई सास्ती

सलह किराको फेरी नेपाल चक्कर, किसानलाई सास्ती

३१ असार २०७७ काठमाडौं । नेपालमा फेरी सलह कीराको झुण्डले चक्कर लगाउन थालेको छ । पहिलो पटक प्रवेश गरेका सलह देखिे खासै नडराएका किसान यतिबेलाको झुण्ड प्रवेशमा चिन्तित बनेका छन् ।

रोल्पा, रुकुम हुदै प्युठान पसेको सलहलाई छोपेर खाजा बनाएपछि सलह देखिन छाडेको थियो । तर पछिल्लो सलह प्रवेशले बाली सखापै पार्ने हो कि भन्ने चिन्ताले किसान आत्तिन थालेका छन् ।

सलहबाट बाली जोगाउन तीनै तहका सरकारसंग किसानले माग गरेका छन् । एक सातामा सलह कीराका ससाना झुण्डहरू एकपछि अर्को हुँदै ५० भन्दा बढी जिल्लामा पुगेर मकै र तरकारी बालीमा क्षति पुगाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.