काठमाडौं । हास्य कलाकार सुबोध गौतमले व्यंग्यात्मक कार्यक्रम साझा मुक्का ल्याउने भएका छन् । प्रत्येक आइतबार साँझ ७ः३० बजे साझा कथा युट्युव च्यानलमार्फत उनको यो कार्यक्रम आउन लागेको जानकारी दिए ।
वैशाख २४ आज देखि सुरु हुने साझा मुक्का कार्यक्रममा विशेषगरी राजनीतिक, सामाजिक व्यंग्यको भावना पाइने गौतमले बताए । देशमा हुने गरेका राजनीतिक बेथिति तथा राजनीतिक संरक्षण र बचावटबारे विभिन्न राजनीतिक दल, नेता तथा सरकारको समेत व्यंग्य प्रस्तुतिमा रहने उनको भनाइ छ ।
क्यारिकेचर किङ भनेरसमेत चिनिने कलाकार गौतमले करिब १५० व्यक्तित्वहरूको दुरुस्तै हाउभाउ र बोली नक्कल गर्न सक्छन् । राजनीतिक दलका नेता, कलाकार, तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको समेत क्यारिकेचर गर्न उनी माहिर छन् । लोकप्रिय टेलिसिरियल सक्किगोनि मा एदुमेको रोलमा खेलेका गौतम आम दर्शकबीच लोकप्रिय छन् ।
