भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सडकखण्ड सञ्चालन

सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सडकखण्ड सञ्चालन

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा भालु पहाडमा माथिबाट खसेको पहिरो हटाएपछि सिद्धार्थ राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । तिन दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड विहिबारबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको थियोे। सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका थिए । पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका, सडक विभागसँगको सहकार्यमा र तिनैवटा सुरक्षा निकाएको पहलमा सडक पुर्ण रुपमा सञ्चालनमा आएको छ। यस ठाउँमा सडक विस्तार गरिएकाले पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.