भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सुरक्षा सहकर्मीबीचको झडपमा दोषी सबैलाई दण्डित गरिने

सुरक्षा सहकर्मीबीचको झडपमा दोषी सबैलाई दण्डित गरिने

त्रिपोली, । लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दबेबाले दक्षिणी त्रिपोलीमा केही दिनअघि आफ्नै समूहविरूद्ध हतियार उठाएको सुरक्षाफौजलाई ‘दण्डित गरिने’ बताउनुभएको छ । सरकारी अधिकारीका अनुसार दबेबाले राजधानी त्रिपोलीमा आफ्नो सरकारका वरिष्ठ सुरक्षा तथा सैन्य अधिकारीहरूसँगको बैठकमा भन्नुभयो, “यो कार्य कदापि राज्यलाई स्वीकार्य हुन सक्दैन । जसले आफ्नै सहकर्मीविरूद्ध दक्षिणी त्रिपोलीमा गोली चलायो उनीहरू सजायको भागी हुनुपर्छ ।”

उक्त घटनाबारे आवश्यक निर्णयहरू गर्न सकियोस् भनेर दबेबाले एक हप्ताभित्र आफ्नो निष्कर्ष प्रस्तुत गर्नेगरी समिति गठन गर्ने निर्देशन दिनुभएको छ । दक्षिणी त्रिपोलीको सैनिक शिविर नजिकै बिहीबार राति दुई सरकारी सुरक्षाकर्मीबीच झडप भएको थियो । घटनामा के कति क्षति भएको भन्नेबारे सेनाले सार्वजनिकरूपमा भनाइ ल्याएको छैन । शुक्रबार लिबियाको राष्ट्रपतिको कार्यालयले उनीहरूलाई तत्काल युद्ध विराम गर्न र सबै सेनालाई आफ्नो मुख्यालयमा फर्काउने आदेश दिएको थियो ।

लिबियास्थित संयुक्त राष्ट्र संघीय सहयोग मिशनले शुक्रबार नै द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै तत्काल वैमनस्यता बन्द गर्न आह्वान गर्नुका साथै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको थियो । सन् २०११ मा नेता मुअमर गद्दाफीको पतन भएदेखि लिबिया असुरक्षा र अराजकताको शिकार बनिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.