भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सोरठी र मारुनी नाचको संरक्षणमा मगर समुदाय सक्रिय

सोरठी र मारुनी नाचको संरक्षणमा मगर समुदाय सक्रिय

पर्वत । साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन् । विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुङ्गाका वृद्धवृद्धादेखि युवायुवतीसम्म लागिपरेका हुन् । मगर समुदायको संस्कृतिका रूपमा रहे पनि पछिल्लो समय लोकप्रिय सोरठी र मारुनी नाच हराउँदै जान थालेको बेला घुरुङ्गाको समुदायमा यसको जगेर्ना गर्न थालिएको हो ।

मगर समुदायमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत सोरठी र मारुनी नृत्य नाचिन्छ भने पछिल्लो समय गाउँमा आएका पाहुनाको स्वागतका लागि पनि यो नृत्य प्रदर्शन गर्न थालिएको छ ।
सोरठी र मारुनी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको सोरठी समूह घुरुङ्गाका अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । आफ्नो बाजेको पालादेखि चलेको सोरठी हराउँदै गएपछि अब नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उहाँको भनाइ छ । सोरठी–मारुनी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य हो । छोटो नृत्य पनि लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गर्दछ । स्थानीय युवाहरु महिलाको पोशाकमा सजिएर नाच्ने गर्दछन् ।

सोरठी र मारुनी नृत्यमा महिला समूहमा बसेर गाउने र पुरुष नाच्ने गर्दछन् । गाउँका युवाहरू महिलाको पोशाकमा सजिएर महिलाजस्तै बनेर नाच्ने चलन छ । सोही कारणले नै यसको नाम मारुनी नाच रहन गएको स्थानीयवासीको भनाइ छ । मगर समुदायको संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि केही मात्रामा सहयोग गरेको मोदी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कको मगर समुदायमा पनि १०० वर्षपछि सोरठी र मारुनी नाच उजागर गरिएको थियो । स्थानीय युवायुवतीको सक्रियतामा उक्त गाउँमा पनि अहिले विभिन्न उत्सवमा प्रदर्शन गर्ने गरिएको स्थानीय यामबहादुर पाइजाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.