भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ह्यामरले हिर्काएर सन्तोषीको हत्या

ह्यामरले हिर्काएर सन्तोषीको हत्या

काठमाडौं । बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा शव भेटिएको छ ।

सोमबार साँझ भेटिएको शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको प्रहरीले बताएको छ । सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडी पेटीको बोराबाट रगत बगेको देखेपछि बल्खुको प्रहरी बिटमा खबर गरेका थिए ।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा त्यहाँबाट फरार भए । पतिसँग डिभोर्स मागेकी उनले माइतीमा बस्दै आएको बताइएको छ ।

सानेपामा रहेको एउटा सहकारीबाट लिएको ऋणको किस्ता बुझाउन भनेर सोमबार ९ बजेतिर जोरपाटीबाट निस्केकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.