भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

म्याग्दी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसात तिमिल्सीनाले दललाई अदालतको फैसला कुरेर देशमा स्थिरताको वातावरण कायम गराउन आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको आज बेनीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न दललाई आग्रह गर्नुभयो ।

“देशलाई फेरी स्थिरताको दिशातिर लैजान दल लाग्नैपर्छ । दलको बिकल्प अरु हुनै सक्दैन,” उहाँले भन्नुभयो, “अब राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन । त्यो एक जनाले घोषणा गरेर हुँदैन । गणतन्त्रको बिकल्प सोच्ने संविधानमा ठाउँ छैन ।” राजनीतिक स्थिरता, शुसासन र विकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा विघटन हुने अवस्था आउनु दुःखद् भएको बताउनुभयो ।

तिमिल्सिनाले भन्नुभयो, “शान्त भएर अब अदालतको निर्णय कुर्ने र मानेर अघि बढ्नुको विकल्प छैन ।” अदालतले आफू अनुकूलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । संसद् विघटन सदर गरे सबै चुनावतिर होमिनुपर्ने बताउनुभयो ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नित गर्न दुई हप्ताभित्र एक अर्बको ठेक्का सम्झौता हुन लागेको, बेनी–जोमसोम–कोरला, बेनी–दरवाङ सडक आयोजना छिटो सम्पन्न गराउन पहल गरेको र बेनीको कालीपुलदेखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने मोटरेबल पुल बनाउन बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, रेशम बानियाँ, गोबिन्द पौडेललगायतले म्याग्दीका विकास आयोजनामा ढिलासुस्ति भएकोप्रति ध्यानाकर्षण गराउनुभयो । नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठलगायत उद्योगी व्यवसायीले लगानी र उद्योगमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

अधिवेशन उद्घाटनका अवसरमा राससका म्याग्दी समाचारदाता सन्तोष गौतम र बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई नगद रु २५र२५ हजारसहित पुरस्कृत गरिएको थियो । सङ्घले सञ्चालन गरेको म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दीको पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । भ्रमण वर्ष र पर्यटनसँग सम्बन्धीत समाचारको मूल्याङ्कन गरेर गौतमद्वयलाई पुरस्कृत गरिएको सङ्घका महासचिव लीलाराम गौतमले बताउनुभयो । अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि सङ्घको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.