भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक

अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक

काठमाडौं । विश्वका सञ्चार माध्यममा अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन् ।

भारतीय र पश्चिममा सञ्चार माध्यममा उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहेका थिए । यसैवीच कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।

नेता किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार नेता किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो ।

१२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ मा आफ्ना हजुरवुवा किम इल संङको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि उनी गम्भीर विरामी परेर शल्यक्रिया गरिएको, क्षेप्यास्त्र परिक्षण दुर्घटनामा परेको लगायतका समाचारहरु सार्वजनिक भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.