न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त गरेकी छिन् । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द एलसीयु फन्ड फर वुमन एजुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुका लागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।
श्रेष्ठले विगत एक वर्षभन्दा बढी समयदेखि आफ्ना श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट सञ्चालन गरिरहेकी छिन् । पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैरनेपाली आप्रवासी युवापुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्नेखालका कार्यक्रम बनाइन्छ ।
विभिन्न देशबाट अमेरिकामा बसाइँ सरेर आएका र यहाँ पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तरवार्ता लिने गर्छिन् । ‘यो पडकास्ट गर्नुको मुख्य उद्देश्य नै अमेरिकामा आउने नयाँ पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो, ‘ श्रेष्ठले भनिन्, ‘मैले कहिल्यै पनि सोचेकी थिइनँ कि यो पडकास्टको कामलाई यहँको समाजले यसरी महत्व दिँदै आएको रहेछ’ उनले थपिन् ।
नेपालमा बीबीसी मिडिया एक्सनमा ५ वर्षभन्दा बढी सञ्चारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ अमेरिकामा इन्टरनेशनल अफेयर्समा स्नातकोत्तर गरिरहेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...