भर्खरै : Sorry, your browser does not support inline SVG.

अशोक सिलवाल ‘श्रीलंका स्मृति’

अशोक सिलवाल ‘श्रीलंका स्मृति’

काठमाडौं । लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित एक भव्य कार्यक्रममा सार्वजिनिक गरिएको छ । श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसनका अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्टका अध्यक्ष बीभी मल्लिकार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजिनिक गरेका हुन् ।

एसएलपीएको ६४ औं वाषिर्कोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिका रुपमा निम्त्याइएका लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो ।अघिल्लो वर्षसमेत विशिष्ट अतिथिका रुपमा त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.