१३ असार २०७७ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५५४ जनामा संक्रमण देखिएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ । कुल संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ भने देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/571387963545047/
कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु
चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । ती पुरुष फोक्सोको क्यान्सरका बिरामी रहेको अस्पताले जनाएकाे छ । उपचारका लागि चितवन आएका उनकाे बिहीबार राती कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा मृत्यु भएको हो । उपचारकाे सिलसिलामा भारतबाट फर्किएका थिए । उनको स्वास्थ्यमा समस्यादेखिए पछि यही असार १० गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।
उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषमा कोरोना पुष्टि भएपछि बिहीबार भरतपुर अस्पताल सारिएको थियो ।
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना
बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि भएको छ । बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो । संक्रमितमा ६ महिला र ३२ पुरुष छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ ।
नवलपरासीपूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...