भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

कमजोरी मेरै रहेछ पुन माफी चाहन्छु : दीपाश्री

कमजोरी मेरै रहेछ पुन माफी चाहन्छु : दीपाश्री

काठमाडौं । विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले गल्ती गरेको भन्दै माफी मागेकी छन् । घटनाबाट धेरै ठूलो पाठ सिकेको भन्दै माफी मागेकी हुन् । केही महिनाअघि एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले ‘राजेश हमाल महानायक हुनुहुन्छ र रु’ भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाश्रीको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार बनेकी थिइन् । र, कतिपय प्रयोगकर्ताले त उनलाई तल्लो स्तरका शब्द प्रयोग गरेर गालीसमेत गरेका थिए । हमालका फ्यानले दीपाश्री निरौलाले हमाललाई ‘महानायक’ नभनेको भन्दै आलोचना गरेका थिए ।

सामाजिक सञ्जालमा सक्रिय हुने दीपाश्री यो घटनापछि भने निष्क्रिय थिइन् । आइतवार दीपाश्रीले आफ्नो जन्मदिनका अवसरमा सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो सार्वजनिक गर्दै यो घटनाले ठूलो पाठ सिकाएको र थप सचेत बनाएको बताएकी छिन् । उनले जीवनको आधा समय ‘पीडादायी’ रहे पनि वि.सं. २०६० सालदेखि प्रदर्शनमा आएको हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ पछि भने पछाडि फर्केर हेर्नु नपरेको बताइन् ।

यो श्रङ्खला ६ सय भागसम्म सफलताका साथ प्रदर्शन भएको थियो । कला क्षेत्रमा सफल भए पनि व्यक्तित्व विकासमा भने कमजोरी रहेको बुझेको बताइन् । ‘व्यक्तित्व विकासका कुराहरुमा मेरो अझै कमजोरी रहेछ,’ उनले स्वीकारिन् ।

 


Thali Mobile Pvt.Ltd.