भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कर्णाली जाँदैहुनुहुन्छ ? पख्नुस्, पिसिआर रिपोर्ट छ कि छैन ? नत्र प्रवेशमा रोक

कर्णाली जाँदैहुनुहुन्छ ? पख्नुस्, पिसिआर रिपोर्ट छ कि छैन ? नत्र प्रवेशमा रोक

साउन २०७७ सुर्खेत । कोरोना संक्रमण समुदायमा फैलिएपछि कर्णाली प्रदेश सरकारले भदौ १ गतेदेखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ । दिउसो प्रवेश गर्न अनिवार्य पिसिआर रिपोर्ट अनिवार्य गराएको छ । प्रदेशको बिहीबार बसेको पिसिएमसी बैठकले यस्तो निर्णय गरेको हो ।

सवारी यात्रुलाई मात्रै होइन पैदल यात्रुलाई पनि यो निर्णय लागु हुनेछ । केन्द्रको बैठकमा मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

समितिको अध्यक्ष समेत रहेका शाहीले अतिआवश्यक कामले जानु र आउनु पर्दा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर रिपोर्ट अनिवार्य बोक्नु पर्ने बताए । मास्कको अनिवार्य प्रयोग गर्ने गराउने र समुदायस्तरमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउन समेत निर्देशन दिएको शाहीले बताए ।

बैठकमा एक पालिका एक क्वारेन्टिन वा आइसोलेशन स्थायी प्रकृतिको बनाउन स्थानीय तहसँग समन्वय भैसकेको सामाजिक विकास मन्त्रालयले आवश्यक कार्यको व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए । कर्णाली प्रवेश गर्ने सल्यानको कालिमाटी काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेलगायत कर्णाली भित्रीने सबै नाकामा कडाई गरिएको छ ।

निर्णयहरू…

 


Thali Mobile Pvt.Ltd.