भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

कर्णाली जाँदैहुनुहुन्छ ? पख्नुस्, पिसिआर रिपोर्ट छ कि छैन ? नत्र प्रवेशमा रोक

कर्णाली जाँदैहुनुहुन्छ ? पख्नुस्, पिसिआर रिपोर्ट छ कि छैन ? नत्र प्रवेशमा रोक

साउन २०७७ सुर्खेत । कोरोना संक्रमण समुदायमा फैलिएपछि कर्णाली प्रदेश सरकारले भदौ १ गतेदेखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ । दिउसो प्रवेश गर्न अनिवार्य पिसिआर रिपोर्ट अनिवार्य गराएको छ । प्रदेशको बिहीबार बसेको पिसिएमसी बैठकले यस्तो निर्णय गरेको हो ।

सवारी यात्रुलाई मात्रै होइन पैदल यात्रुलाई पनि यो निर्णय लागु हुनेछ । केन्द्रको बैठकमा मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

समितिको अध्यक्ष समेत रहेका शाहीले अतिआवश्यक कामले जानु र आउनु पर्दा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर रिपोर्ट अनिवार्य बोक्नु पर्ने बताए । मास्कको अनिवार्य प्रयोग गर्ने गराउने र समुदायस्तरमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउन समेत निर्देशन दिएको शाहीले बताए ।

बैठकमा एक पालिका एक क्वारेन्टिन वा आइसोलेशन स्थायी प्रकृतिको बनाउन स्थानीय तहसँग समन्वय भैसकेको सामाजिक विकास मन्त्रालयले आवश्यक कार्यको व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए । कर्णाली प्रवेश गर्ने सल्यानको कालिमाटी काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेलगायत कर्णाली भित्रीने सबै नाकामा कडाई गरिएको छ ।

निर्णयहरू…

 


Thali Mobile Pvt.Ltd.