भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

मङ्गलबारे, । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो ।

उनीहरुले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए । घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु भएको थियो । घटनामा प्रयोग भएको खुकुरी र ढुङ्गासहित प्रहरीले पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेले नौ जनाबाहेक अन्यको खोजी भइरहेको बताउनुभयो । आपसी लेनदेन र कुटपिटको रिसइबीका कारण घटना घटेको प्रहरीले जनाएको छ । मृतक गुरुङसमेत विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.