२२ बैशाख २०७७ काठमाडौं । अहिले सम्म विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ । विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ । स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन् । स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन् । त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ । विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी, ७ जेठ । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण हुन नसकेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सामग्रीहरू...
काठमाडौं, ६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन् । यो निर्णय अनुसार गाजामा भोकमरीको सम्भावना न्यून गर्न केही अत्यावश्यक राहत सामग्री...
बेइजिङ, ५ जेठ । चिनियाँ प्रविधि कम्पनी शाओमीले आगामी १० वर्षमा स्मार्टफोन चिप विकासका लागि ५० अर्ब युआन (झण्डै ७ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीको...
एजेन्सी । अमेरिकाका दुई राज्य केन्टुकी र मिसौरीमा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ। आँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं घरमा...