भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोरोना कहर : विपन्न मजदुरलाई ‘एटीएम’बाट चामल वितरण

कोरोना कहर : विपन्न मजदुरलाई ‘एटीएम’बाट चामल वितरण

काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मानिसलाई ‘राइस एटीएम’बाट भियतनामभरि चामल वितरण गर्ने व्यवस्था मिलाएको छ । अहिलेसम्म दुई सय ६५ जनामा कोरोना सङ्क्रमण देखिएको भियतनाममा कसैको पनि ज्यान गएको छैन ।

कोरोनाको सङ्क्रमण बढ्न नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरीलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याएको छ । साना पसल र व्यवसाय बन्द गरिएको छ भने हजारौँले काम छोडेका छन् । कोरोनाको कारण कामविहीन भएकाहरुका लागि विभिन्न व्यापारी र दाताहरुले शहरको कैयौँ ठाउँमा एटीएमबाट सित्तैमा चामल वितरण गरिरहेका छन् ।

हनोईमा प्रत्येक दिन बिहान पानी बोक्ने ट्याङ्करले चामल ल्याउने र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने समाचार एजेन्सी भीएनएले जनाएको छ । ‘एटीएमबाट चामल लिन लाइनमा लागेकाहरुले एकअर्कामा ६ फिटको दुरी कायम गरिएको छ । चामल थैलामा भर्नुअघि अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।

हो ची मिन्हमा रहेको राइस एटीएम हप्ताको सातै दिन चौबिसै घण्टा सञ्चालनमा ल्याइएको समाचार एजेन्सीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.