भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टिका थापेर घर फर्कने क्रममा लडेर मृत्यु

टिका थापेर घर फर्कने क्रममा लडेर मृत्यु

खोटाङ । ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा एक जनाको मृत्यु भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालका अनुसार भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको हो । पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको छ । मादक पदार्थ सेवन गरेर भीरबाट लडेको अनुमान गरिएको छ ।

घट्नाका विषयमा थप अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

 


Thali Mobile Pvt.Ltd.