भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

चिहानबाट लाश उठ्ने छन् !

चिहानबाट लाश उठ्ने छन् !

चिहानबाट लाश उठ्ने छन्
मरुभूमीमा मुल फुट्ने छन्
स्वर्गमा ईन्द्रलाई खवरदारी गर्दै
एमराजको एउटै चिहान बनाउने छन् ) २

त्यसैले ए मुर्ख बादशाह हो
तिम्रो कालो ईतिहास च्यातचुत पार्दै
आफ्नो रक्तिम इतिहास कोर्दै छन् ) २
सर्वहारालाई ढाटेर आलिशान महलठ¥याउने
जातिय मुक्ति भन्दै आफ्नो दुनु सोभmयाउने
देश वेच्दै विदेशीको हातमा
फेरी पनि ईमानदार वन्ने कोसीस गर्ने
खै कस्तो देशभक्ति तिम्रो
खै कस्तो माक्र्सवाद तिम्रो

त्यसैले खवरदार मुर्ख ए बादशाह हो
अब छिट्टै प्रहार हुदैछ
अब छिट्टै विष्फोट हुदैछ
चिहानबाट लाश उठ्दै छन्
मरुभूमिमा मुल फुट्दै छन्
वस्ती वस्तीमा राँको बल्दै छ
ईन्द्रको राज्य खरानी पार्न )२

खुट्टा गुमाएका जीउदा शहिद कुर्लदै छन्
बुलेट बोकेका घायल शरिरहरु चिच्याउदै छन्
सपना, विपना बन्दै छन्
आँसुका नदि सागर बन्दै छन्
साँच्चै यहाँ फेरी आँधी आउदै छ

मरुभूमिमा मुल फूट्दै छ
सुनौलो इतिहास निर्माण गर्न
चिहानबाट लाश उठ्दै छन्
फेरी यहाँ आँधी आँउदै छ
फेरी यहाँ तुफान आँउदै छ । रक्तिम 

 


Thali Mobile Pvt.Ltd.