भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चिहानबाट लाश उठ्ने छन् !

चिहानबाट लाश उठ्ने छन् !

चिहानबाट लाश उठ्ने छन्
मरुभूमीमा मुल फुट्ने छन्
स्वर्गमा ईन्द्रलाई खवरदारी गर्दै
एमराजको एउटै चिहान बनाउने छन् ) २

त्यसैले ए मुर्ख बादशाह हो
तिम्रो कालो ईतिहास च्यातचुत पार्दै
आफ्नो रक्तिम इतिहास कोर्दै छन् ) २
सर्वहारालाई ढाटेर आलिशान महलठ¥याउने
जातिय मुक्ति भन्दै आफ्नो दुनु सोभmयाउने
देश वेच्दै विदेशीको हातमा
फेरी पनि ईमानदार वन्ने कोसीस गर्ने
खै कस्तो देशभक्ति तिम्रो
खै कस्तो माक्र्सवाद तिम्रो

त्यसैले खवरदार मुर्ख ए बादशाह हो
अब छिट्टै प्रहार हुदैछ
अब छिट्टै विष्फोट हुदैछ
चिहानबाट लाश उठ्दै छन्
मरुभूमिमा मुल फुट्दै छन्
वस्ती वस्तीमा राँको बल्दै छ
ईन्द्रको राज्य खरानी पार्न )२

खुट्टा गुमाएका जीउदा शहिद कुर्लदै छन्
बुलेट बोकेका घायल शरिरहरु चिच्याउदै छन्
सपना, विपना बन्दै छन्
आँसुका नदि सागर बन्दै छन्
साँच्चै यहाँ फेरी आँधी आउदै छ

मरुभूमिमा मुल फूट्दै छ
सुनौलो इतिहास निर्माण गर्न
चिहानबाट लाश उठ्दै छन्
फेरी यहाँ आँधी आँउदै छ
फेरी यहाँ तुफान आँउदै छ । रक्तिम 

 


Thali Mobile Pvt.Ltd.