भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डब्ल्यूएचओबाट अलग्गियो अमेरिका

डब्ल्यूएचओबाट अलग्गियो अमेरिका

१७ जेठ २०७७ अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओमा आवद्ध नहुने सुक्रबार घोषणा गरेका छन् ।

अमेरिकाले दिँदै आएको सहायता ट्रम्पले यसअघि नै नदिने घोषणा गरेका थिए । डब्ल्यूएचओलाई चीनको कठपुतली भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले गर्दै आएको सहयोग नदिने र अलग हुने पत्रकारलाई बताएका हुन ।

डब्ल्यूएचओले गरेको गल्तीको मूल्य सारा विश्वले नै चुकाइरहेको आरोप लगाएर ट्रम्पले विभिन्न निउ खोजिरहेका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओले कोरोना भाइरसका मामिलामा चीनसँग मिलेर पूरै विश्वलाई गुमराहमा पारेको गम्भिर आरोप ट्रम्पले लगाएर अलग भएको घोषणा गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.