सुर्खेत । तालिमका लागि काठमाडौंमा रहेका भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल पक्राउ परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस सहित अख्तियारको टोलीले फागुन ८ गते पक्राउ गरेको थियो।
केसीको साथमा भएको मोबाइलको कल रेकर्डको आधारमा पौडेल पनि छानबिनको दायरामा आएको अख्तियारले जनाएको छ । प्राविधिक केसीले नगरपालिकाको वडा नम्बर ११, तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।
हिरासतमा रहेका पौडेलको अनुसन्धान भइरहेकाले अन्य कुरा भन्न नमिल्ले अख्तियारले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल काठमाडौंबाट नै पक्राउ परेकोले आधिकारिक रुपमा सुर्खेतलाई थाहा नभएको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।
भेरीगंगा नगरपालिकाका कर्मचारीले भने, हाकिम साप एघार गते नै हिड्नु भएको हो। अलि तनावमा हुनुहुन्थ्यो।‘ अतिआवश्यक चेकमा सहि नगरी काठमाडौं गएका हुन । काठमाडौं पुग्दा मोबाइल स्विचअफ थियो। पछि बुझ्दै जाँदा थाहा भयो अख्तियारको हिरासतमा रहेछन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...