भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

तालिमका लागि काठमाडौं आएका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

तालिमका लागि काठमाडौं आएका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सुर्खेत । तालिमका लागि काठमाडौंमा रहेका भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल पक्राउ परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस सहित अख्तियारको टोलीले फागुन ८ गते पक्राउ गरेको थियो।

केसीको साथमा भएको मोबाइलको कल रेकर्डको आधारमा पौडेल पनि छानबिनको दायरामा आएको अख्तियारले जनाएको छ । प्राविधिक केसीले नगरपालिकाको वडा नम्बर ११, तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

हिरासतमा रहेका पौडेलको अनुसन्धान भइरहेकाले अन्य कुरा भन्न नमिल्ले अख्तियारले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल काठमाडौंबाट नै पक्राउ परेकोले आधिकारिक रुपमा सुर्खेतलाई थाहा नभएको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

भेरीगंगा नगरपालिकाका कर्मचारीले भने, हाकिम साप एघार गते नै हिड्नु भएको हो। अलि तनावमा हुनुहुन्थ्यो।‘ अतिआवश्यक चेकमा सहि नगरी काठमाडौं गएका हुन । काठमाडौं पुग्दा मोबाइल स्विचअफ थियो। पछि बुझ्दै जाँदा थाहा भयो अख्तियारको हिरासतमा रहेछन्।’

 


Thali Mobile Pvt.Ltd.