भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

‘अमेरिकामा कोरोनाभाइरसले लियो उग्ररुप’

‘अमेरिकामा कोरोनाभाइरसले लियो उग्ररुप’

अमेरिका । वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भएपछि कोरोनाभाइरसको संक्रमणले उग्ररुप लिएको एजेन्सीले जनाएको छ । वासिङ्टनको किङ्ग काउन्टीका मानिस भाइरसको संक्रमणमा परेको बताईएको छ । कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको तर भाइरसले संक्रमण गरेको त्यसक्षेत्रका मानिसले बताएका छन् ।

यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता गरेका थिए । भाइरसको संक्रमण फैलन नदिन आपत्कालको घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.