भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

थप १२७ जनामा सङ्क्रमण पुष्टि

थप १२७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ८७४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार १९९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५७ रहेको छ । पछिल्लो समय थप ३२१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार ४८८ पुगेको छ ।

हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस सङ्क्रमणबाट मृत्यु हुने दर १।२ प्रतिशत रहेको छ ।त्यसैगरी पछिल्लो समय ३५ हजार ७८८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ७७० रहेका छन् । हाल होम आइसोलेसनमा सात हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १९० आइसीयुमा ६८ र भेन्टीलेटरमा १० जनाले उपचार गराइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.