काठमाडौं । ईलामको रमणीय चिया बगानको दृश्य समेटेर तयार पारिएको थोत्रे साइकल सार्वजनिक भएको छ। यस म्युजिक भिडियोमा गायक राजा खतिवडा र गायिका योजना पुरीको युगल गायन रहेको छ।
पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोमा ओम प्रसाई छायांकन र नविन निरौलाको सम्पादन छ ।
जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो । आफ्नो पहिलो डेब्यु भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक खतिवडाले सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । साथै आगामी दिनमा अझ स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक खतिवडाले बताए ।
हेर्नुहाेस् भिडियाे…
