भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देखाइएको छ ।

फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलगायतका कलाकारहरू अटाएका छन् भने रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको छ । फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेकाे छ । यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ ।

 


Thali Mobile Pvt.Ltd.