भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दुई स्रष्टा पुरस्कृत

दुई स्रष्टा पुरस्कृत

विराटनग । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा भाषा, साहित्य र पत्रकारिता क्षेत्रका दुई स्रष्टा पुरस्कृत हुनुभएको छ ।भाषा र साहित्य क्षेत्रमा रु ५१ हजार राशिबाट पुरस्कृत हुने प्राडा चुडामणि बन्धु हुनुहुन्छ भने पत्रकारिता क्षेत्रबाट रु २५ हजार राशिबाट पुरस्कृत हुने पत्रकार भुषण दाहाल हुनुहुन्छ ।भाषा, साहित्य र सामाजिक क्षेत्रमा अहोरात्र योगदान दिने प्राज्ञः दधिराज सुवेदीको सुपुत्र पत्रकार शरदराज सुवेदी र अर्का छोरा रुपेश सुवेदीले संयुक्त रुपमा रु १५ लाखको अक्षय कोष स्थापना गरी बर्सेनि पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पुरस्कृत स्रष्टालाई विराटनगर । पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै नेपाली समाजलाई रुपान्तरण गर्न भाषा, साहित्य र पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले भाषा, साहित्य, कला र पत्रकारिताविनाको समाज निरश हुने भएकाले समाजलाई सौन्दर्य बनाउन यस क्षेत्रको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य महेश रेग्मी, पुरस्कृत स्रष्टाद्वय प्राडा चुडमाणि दाहाल र पत्रकार भुषण दाहालले भाषा साहित्यको महत्वबारे प्रकाश पार्नुभयोे ।

 


Thali Mobile Pvt.Ltd.