भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

‘नदेख्दा तिमीलाई’ सार्वजनिक, केकी र रञ्जनको प्रेम र रोमान्स

‘नदेख्दा तिमीलाई’ सार्वजनिक, केकी र रञ्जनको प्रेम र रोमान्स

काठमाडौं । ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

गीतमा शब्द डि.पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् भने गायिका रचना रिमाल र गायक रञ्जन राईले सुमधुर स्वर दिएका छन् ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो । नरेश कोइराला निर्माता रहेका छन् भने भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.