काठमाडौं । क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको हो । आगलागीमा परी ८ जना घाइते भएको जनाइएको छ । खाना पकाउने ग्यास भण्डारण गरिएको ठाउँसम्म आगो फैलिएकाले ठुलो मानविय क्षति भएको बताईएको छ ।
दुताबास र कुटनीतिज्ञहरुको निवास रहेको क्षेत्रमा अवस्थित सो नाइटक्लबमा भएको आगलागीका कारण आसपासका घरहरुमा पनि सतर्कता अपनाईएको थियो । क्लबमा जलाइएको आतिशबाजीका कारण आगलागी भएको अनुसन्धानबाट खुलेको छ । आगलागीले पार्किङमा राखिएका दर्जनौ सवारीसाधन नष्ट भएको छ । आगलागीको समय सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
