भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नितम्बकाे कमाई सत्र कराेड !

नितम्बकाे कमाई सत्र कराेड ! image

नितम्बकाे कमाई सत्र कराेड ! पत्यार नलागे पनि कुरा सत्य हो । नितम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी हुन् । यिनकाे नाम एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हाे । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन् ।

प्लाष्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ । उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन् । ‘मैले प्लाष्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ । यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’

‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ । तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ । त्यतिबेला तिम्रो शरीरबाट प्लाष्टिकको गन्ध आउनेछ ।’ तर, वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.